काठमाण्डु – भूमि समस्या समाधान आयोगले काम–कारवाही अगाडि बढाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव गोकुल ढुंगेलले बुधबार सबै जिल्ला समितिहरूलाई पत्राचार गर्दै प्रचलित नियमानुसार काम कारवाही सुचारु गर्न निर्देशन दिने निर्णय भएको जनाएका छन् ।
सरकारले आयोग विघटनको निर्णय गरेपछि सर्वाेच्च अदालतमा परेको रिटका पक्षमा फैसला भएको थियो ।





प्रतिक्रिया