अध्यक्षद्वय लिङ्देन र थापाबिच २ वाक्यको सहमति, १६ गते घोषणा सभा हुने

अध्यक्षद्वय लिङ्देन र थापाबिच २ वाक्यको सहमति, १६ गते घोषणा सभा हुने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच पार्टी एकताका लागि सहमतिमा हस्ताक्षर भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच पार्टी एकताको २ वाक्यको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा पार्टी एकता गर्ने र पुस १६ गते घोषणा सभा गर्ने विषय समेटिएको २ वाक्यको विषयवस्तु छ ।

एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा गरिने जनाइएको छ ।