कांग्रेस महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको चेतावनी

कांग्रेस महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी महाधिवेशनको पक्षमा वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथाशीघ्र महाधिवेशन नभए आगामी चुनाव नलड्ने चेतावनी दिएका छन् ।

बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले चुनाव अगाडि नेतृत्व परिवर्तन नभए चुनाव नै नलड्ने घोषणा गरे ।

‘आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ । नेतृत्व परिवर्तन नगरी चुनावमा जान सम्भव छैन,’ उनले बैठकमा भने, ‘नेतृत्व परिवर्तन नगरिकन चुनावमा जाने हो भने तपाईंहरू जो–जो लड्ने हो चुनाव लड्नुहोस् । मचाहिँ चुनाव लड्दिनँ ।’

उनले नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्र सरोकारको विषय नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्रै सरोकारको विषय होइन । यो आम सरोकारको विषय बनिसकेको छ । हामी चुनावमा जाँदै गर्दा जनताले खै त तिमीहरूले नेतृत्व परिवर्तन गरेको भनेर सोध्दा दिने जवाफ चाहिन्छ ।’

यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् ।