काठमाण्डु– एनपीएल अन्तर्गतको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएकाे हाे ।
जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यो एनपीएलमा उनको छैटौँ अर्धशतक हो।
मोइन अलीले २१, अविशेक तिवारीले अविजित २४ तथा जिम्मी निसमले ११ रन बनाए।
पोखराका सकिब अल हसनले ३ विकेट लिए भने सैफुदिन, करुणारत्ने र मेहदी हसनले समान १ विकेट लिए।


प्रतिक्रिया