काठमाण्डु – तत्कालीन विवेकशील पार्टीका संयोजक रहेका युवा अभियन्ता मिलन पाण्डेले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले इमान्दार प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले सबैलाई सम्मानजनक एकता गरेर एक ठाउँमा ल्याउने इमान्दार प्रयास बालेनले गरेको उनको ठहर छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेनले वैकल्पिक दलहरू, स्वतन्त्र नेताहरू, जेनजी नेतृत्व, अभियन्ता साथीहरू सबैलाई ‘सम्मानजनक’ एकता गरेर एक ठाउँमा ल्याउने इमानदार प्रयास गर्दैछन् । शुभकामना, बालेन ।’
यसअघि पाण्डेले बालेनलाई भेटेका थिए । बालेनले शुक्रबार साँझदेखि बिहीबार साँझसम्म विभिन्न चर्चित व्यक्तिसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनले भेटवार्ता गरेका छन् ।




प्रतिक्रिया