पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीको सपथ लिँदै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीको सपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् हेरफेर गर्दै परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गर्दैछिन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबार नै परराष्ट्रमन्त्रीका रूपमा सपथ लिँदैछन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथग्रहणको तयारी राष्ट्रपति कार्यालयले गरिसकेको छ । यद्यपी सपथग्रहणको समय अहिले तय भइसकेको छैन ।

निर्वाचन आउन ६९ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले आफूले सम्हाल्दै आएको परराष्ट्रमन्त्रालयको जिम्मा शर्मालाई दिन लागेकी हुन्।

शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघमा फोर्स कमाण्डर थिए। त्यसैगरी, उनी सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन्। उनी कूटनीतिक क्षेत्रमा समेत विशेष दख्खल राख्ने पूर्वसैनिक अधिकृत मानिन्छन् ।