नवनियुक्त मन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त मन्त्री बालानन्द शर्माले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।