जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने सहमति

जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने सहमति


जनकपुरधाम – मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) नेपालबिच एकीकरण गर्ने सहमति भएको छ ।

सहमति पत्रमा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको काठमाण्डुमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको छ ।

फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको सन्दर्भमा दुवै पार्टीले एकीकरणको सहमति गरेका छन् ।