कांग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित, केन्द्रीय कार्यसमितिको म्याद थपियो

कांग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित, केन्द्रीय कार्यसमितिको म्याद थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ ।

जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको हो ।

कार्यवाहक सभापति खड्काले महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरेका थिए ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए ।

यस्तै केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ ।यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो ।

कांग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित, केन्द्रीय कार्यसमितिको म्याद थपियो