डा. अरनिको पाँडेले पनि लिए रास्वपाको बन्द सूचीबाट नाम फिर्ता

डा. अरनिको पाँडेले पनि लिए रास्वपाको बन्द सूचीबाट नाम फिर्ता


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका थप एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।

यसअघि प्राध्यापक महेन्द्र लावतीसहित आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह र सचिन ढकाल ले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

डा. पाँडेले बन्दसूचीमा रहिरहने औचित्य नरहेको उल्लेख गर्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताएका छन् ।

सोमबार उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ ।’