काठमाण्डु-५ मा एमालेबाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाण्डु-५ मा एमालेबाट ईश्वर पोखरेल एकल सिफारिस


काठमाण्डु– एमालेले काठमाण्डु–५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस गरेको छ।

फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पोखरेलको नाम एकल सिफारिस भएकाे हाे ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

काठमाण्डु– ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको गृह क्षेत्र हो ।