तीन लाख ७० हजार रूपैयाँ ठगेर फरार रहेका टासी नक्कली सुनसहित पक्राउ

तीन लाख ७० हजार रूपैयाँ ठगेर फरार रहेका टासी नक्कली सुनसहित पक्राउ


काठमाडाैं– प्रहरीले नक्कली सुनकाे कारोबारमा संलग्न एक जनालाई  कपन खरिबोट पक्राउ गरेकाे छ।

महानगरीय प्रहरी प्रभाग कपनले  सोलुखुम्बु घर भई काठमाडौँ बस्दै आएका टासी शेर्पालाई  एक किलाेग्राम नक्कली सुनसहित पक्राउ गरेकाे हाे।

प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरका  अनुसार उनको कोठामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरिएकाे हाे।  शेर्पा २०५५ सालमा कर्तव्य ज्यान उद्योगमा १० वर्ष जेल बसी निस्केको र लामो समयदेखि नक्कली सुन कारोवारमा संलग्न भई गत साउनमा पनि पक्राउ परेका थिए।

निज टासी शेर्पाले फेसबुकमार्फत साथी बनाउने, विभिन्न समयमा नक्कली सुन देखाई प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो सुन तथा माला पसल छ भनी विभिन्न प्रलोभनमा पारी मानिसलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शेर्पाले हुम्ला जिल्लाको याल्बा घर भई सिमिकोटमा किराना पसल गरी बस्ने २७ वर्षीया किरण ग्याल्जेन लामाबाट  तीन लाख ७० हजार नेपाली ठगी गरेको पाइएको छ प्रहरीले जनाएकाे छ।