विशेष महाधिवेशन अघि कांग्रेसले ६ वटा रुटमा जुलुस निकाल्ने

विशेष महाधिवेशन अघि कांग्रेसले ६ वटा रुटमा जुलुस निकाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले २७ र २८ पुसमा हुने विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने भएका छन् ।

२७ पुस आइतबारको मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने भएका हो ।

ललितपुरको कुपण्डोल, काठमाण्डुका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ निकालिने महाधिवेशन आयोजक समितिले जनाएको छ ।

सुन्धाराको रुटमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाण्डु निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।

यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् भने काठमाण्डका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।

यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

यस्तै रत्नपार्कको रुटमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।

यस्तै भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाण्डुका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता शंकरदेव क्याम्पस रुटको जुलसमा सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

काठमाण्डुका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।

कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुनेछन् भने कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ ।