कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्दै केन्द्रीय

कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्दै केन्द्रीय

केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

सभापति थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ। सभापति थापाले गर्ने सम्बोधनको विषयवस्तुबारे पार्टीले विस्तृत जानकारी भने दिएको छैन।

यसबीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि आइतबार नै बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।