पुर्वराजा शाह भारत भ्रमणमा जांदै

पुर्वराजा शाह भारत भ्रमणमा जांदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । पुर्वराजा शाह यसैसाता भारतको लखनउ जाने भएका हुन् ।

झापामा रहेका शाह जनकपुर पुगेर उतैबाट भारत प्रस्थान गर्ने तयारी रहेको स्रोतले बतायो ।

शाह किन भारत जाँदैछन् भन्नेबारे खुलाइएको छैन ।

पूर्वराजा शाहले समय–समयमा धार्मिक, पारिवारिक र अन्य निजी भेटघाटका लागि भारत भ्रमण गर्दै आएका छन् ।

नेपालमा चुनावी माहोल बढ्दै जादा पूर्वराजाको भारत भ्रमणलाई चासोका रुपमा हेरिएको छ ।

केहि साता अघि नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस नेतृ आरजु राणा, बाबुराम भट्टराई, रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले लगायतका नेताहरुसमेत भारत भ्रमणमा गएका थिए ।