काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।
शुक्रबार दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ५६२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया