काठमाण्डु– राष्ट्रिय सभाका ३ जना सदस्यहरुले राजीनामा दिएका छन् ।
आइतबार राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका उनीहरुले राजीनामा दिएका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।




प्रतिक्रिया