काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।यसदिन नेप्से ३१ अंकले बढेर परिसुचक २६७२ मा पुगेको छ । यसदिन ८ अर्ब ४० करोडको कारोबार भयो ।
कारोबारमा आएका २२४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, सागर डिस्टीलरी, बन्दीपुर केवलकार, राधि विद्युत अगाडि रहे ।
यसदिन सागर डिस्टीलरी, उन्नती सहकार्य लघुबित्त बित्तीय संस्था, श्रीनगर एग्रिटेक र गुँरास फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । यसदिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको सेयर ८ प्रतिशतले घट्यो ।
यसदिन सबै सुचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स(५.७३), विकास बैंक (३.०३) र होटल–पर्यटन,प्रशोधन २ प्रतिशतले बढे ।




प्रतिक्रिया