गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने, ओखलढुंगामा रामहरिकाे टिकट खाेसियाे

गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने, ओखलढुंगामा रामहरिकाे टिकट खाेसियाे


काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

मंगलबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि तीनपटक काठमाण्डु–४ बाट चुनाव जितेका गगन यसपटक सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका हुन् ।

यस्तै बैठकले ओखलढुंगामा रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई चुनाव लड्ने टिकट दिएको छ।