काठमाण्डु– रास्वपाका सभापति रवि लामिछानेले संविधानविरुद्धका गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
शनिबार सचिवालय बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही नभएको बताएका हुन् ।
उनले यो कुरामा आफू र रास्वपा स्पष्ट रहेको समेत उल्लेख गरे । उनले भने, ‘यसमा कसैले दुविधा गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्नेछ, त्यसले जिम्मेवारी लिनुपर्दछ भन्ने कुरा पार्टीले पनि निर्णय गरेको छ र हामीले स्पष्ट रूपमा भनिसकेका पनि छौँ। संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने र त्यसविरुद्धका गतिविधि स्वीकार्य हुँदैन।’


प्रतिक्रिया