पठाओका सञ्चालक बस्नेतद्वारा काठमाण्डु–१ मा उम्मेदवारी दर्ता

पठाओका सञ्चालक बस्नेतद्वारा काठमाण्डु–१ मा उम्मेदवारी दर्ता


काठमाण्डु – राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान बस्नेतले काठमाण्डुको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उम्मेदवारी दर्ता गरेका छन् ।

उनले उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था गर्न, जवाफदेहिता, अनुभव र नयाँ पुस्तालाई जोड्ने पहलका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।