जेनजी आन्दोलनपछि पहिलो पटक उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै

जेनजी आन्दोलनपछि पहिलो पटक उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै


काठमाण्डु– बिहीबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल भ्रमणमा आउने भएको छ ।

जेनजी आन्दोलनपछि चीनबाट पहिलो उच्चस्तरीय टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति, चुनावलगायतका विषयमा बुझ्न यो टोली नेपाल आउन लागेको बताइएको छ । उनीहरुले नेपालमा रहेका राजनीतिक शक्तिहरुसँग सौहार्द भेटघाट गर्ने छन् । टोली ३ दिनसम्म नेपालमा रहने चिनियाँ दूतावासस्रोतले जनायो ।