धनगढइी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) उम्मेदवार रेशम चौधरीविरुद्ध निर्वाचन कार्यालयमा दाबी विरोधमा उजुरी परेको छ ।
कैलालीको १ नम्बर क्षेत्र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उनको उम्मेदवारीविरुद्ध उजुरी परेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीबार १० बजेसम्म उजुरीविरुद्ध प्रमाण पेश गर्न उम्मेदवार चौधरीलाई जानकारी गराएको छ ।
टीकापुर हत्याकाण्ड घटनामा रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्द हुनुपर्ने माग उजुरीमा गरिएको छ । राष्ट्रपतिबाट कैद माफी भएर उनी जेलमुक्त भएका थिए ।




प्रतिक्रिया