काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् ।
संवाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।
‘श्री५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होइबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ,’ सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ ।
यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्वराजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरू गरेको थियो ।
बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवणकुमार झाको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ ।
राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्वराजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।




प्रतिक्रिया