काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५का उम्मेदवार बालेन शाह चुनाव प्रचारका लागि जनताको घरघरमा पुगेका छन् ।
उनी बिहीबार बिहानै इलाममा पुगेर घरदैलो कार्यक्रममा जुटेका हुन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरेका छन् ।
बिहान इलाम बजार पुगेका बालेन नेपालटार हुँदै इलाम र पाँचथरको सिमानामा रहेको राँके बजार पुगेर जनतासँग भेटवार्ता गरेका छन् ।
झापा–५बाट उम्मेदवारी दिएका बालेनले रास्वपाका अन्य उम्मेदवारको पक्षमा मत मागेका छन् ।
बालेनले प्रतिस्पर्धा गरेको झापा ५ मा एमाले अध्यक्ष केपी ओलीपनि प्रतिस्पर्धा गर्दैछन् । ओली र बालेनको प्रतिस्पर्धालाई धेरैले रोचक मानिएको छ । झापा र इलामका अधिकाशं युवाले बालेनलाई समर्थन गरेका छन् भने अन्यले पनि नयाँलाई मौका दिनुपर्ने भन्दै आएका छन् ।







प्रतिक्रिया