काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ९.२३ अंकले बढेर परिसुचक २७१४ मा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोडको कारोबार भएकामा यसदिन ९ अर्बको कारोबार भयो ।
कारोबारमा आएका १६२ कम्पनीको मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन आँखुखोला जलविद्युत, मञ्जु्श्री फाइनान्स र एसवाइ प्यानल अगाडि रहे ।
यसदिन एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत, कर्पोरेट डेव्लपमेनट बैंक, एक्सेल डेव्लपमेनट बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने रावा इन्र्जीको सेयर ९ प्रतिशतले बढ्यो । यस्तै सबैभन्दा धेरै कालिका पावर कम्पनीको ७ प्रतिशतले घट्यो ।
यसदिन बैंकिङ, म्युचलफण्ड र व्यापार बाहेक सबै सुचक उकालो लागेका छन् । बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।
विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे ।




प्रतिक्रिया