काठमाण्डु– भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो ।
प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ।
यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।
प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली भएपछि बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।




प्रतिक्रिया