काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि ३,४०६ जना उम्मेदबार कायम भएको छ।
३,४८७ जनाले मनोनयन दर्ता गराए पनि उम्मेदवारी फिर्ता र रद्द भएपछि अन्तिम उम्मेदवार संख्या ३,४०६ कायम भएको हो।
फिर्ता लिनेमा धेरैजसो स्वतन्त्र तथा प्रगितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार छन्, जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन्। प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको छ ।
पर्सा, बर्दिया, दाङ, सल्यानलगायत जिल्लामा उम्मेदवार फिर्ता लिएपछि प्रतिस्पर्धीहरूको संख्या घटेको छ भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।
यस्तै छानबिन गर्दा कागजात नपुगेका ९ जनाको भने उम्मेदवारी रद्द गरिएको छ ।
निर्वाचन आयोगका अनुसार ३४ सय ८७ ले मनोनयन दर्ता गरेकामा उम्मेदवारी फिर्ता र रद्दपछि अन्तिम उम्मेदवारको संख्या ३४ सय ६ कायम भएको हो । त्यसमा ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र अन्य समूहका १ जना छन् ।
उम्मेदवारहरूको कायम भएको अन्तिम संख्यामा २५–४० उमेर समूहका १ हजार ५६, ४१–६० उमेर समूहका १ हजार ९ सय २५ र ६१ वर्षभन्दा माथि उमेरका ४ सय २५ जना छन् ।




प्रतिक्रिया