काठमाण्डु – उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी शहीदको भावनाअनुसार काम गर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री हुँदा पनि जेनजीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने बताए ।
आफू जेनजी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरूको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको उनले बताए ।
जेनजीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरू उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताए । उनले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रूपमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।




प्रतिक्रिया