काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेट गर्न तयार रहेको भन्ने भनाइप्रति प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।
पब्लिक डिबेटसम्बन्धी ओलीको पोस्टमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ।’
बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् ।





प्रतिक्रिया