तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला


काठमाण्डु– तीन दिनदेखि बेपत्ता एक प्रहरी जवान आइतबार मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरि जिसी घरडौराको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर कार्यालयबाट निस्किएका थिए। उनी कार्यालयबाट निस्किएपछि तीन दिनदेखि सम्पर्कविहीन थिए।

उनका बुबालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना गरिएको थियो ।कार्यालयमा बिदा माग्दा बिदा नपाएपछि उनी तनावमा हिडेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र मोबाइलको लक खुलेपछि थप अनुसन्धानहुने बताए ।