काठमाण्डु– रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भोलि (सोमबार) सुदूरपश्चिम जाने भएका छन् ।चुनावी प्रचारमा सहभागी हुन उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने भएका हुन् ।
सुदूरपश्चिमबाट बालेननिकट भूपदेव शाह र केपी खनाल उम्मेदवार रहेका छन् ।
शाह अछाम २ र खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । उनीहरुको क्षेत्रमा गएर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको रास्वपा केन्दीय सदस्य मधुसुदन ढकालले काठमाण्डुपाटीलाई बताए ।
मनोनयनका लागि झापा पुगेका बालेन पूर्वका जिल्लाहरुमा चुनावी प्रचार सकाएर शनिबार काठमाण्डु फर्किएका थिए ।




प्रतिक्रिया