सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो, निर्देशकदेखि खरिदारसम्म माग

सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो, निर्देशकदेखि खरिदारसम्म माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडामा रिक्त रहेको पदमा निर्देशकसहित १८ जना कर्मचारीको माग गरेको छ।

केन्द्रले यसै चालु आर्थिक वर्षका लागि करारमा नियुक्ति गर्न कर्मचारी माग गरेको हो। मागअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर दुई र सिस्टम एडमिनिस्ट्रेटर एकजना माग गरेको छ।

त्यस्तै इलेक्ट्रीकल टेक्निसियन दुई जना, कम्प्युटर टेक्निसियन एक र खरिदार दुईजना माग गरेको छ। दरखास्तका लागि मंगलबारदेखि १० दिनभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबार र जिल्ला हुलाक कार्यालय पाटनढोका, ललितपुरमा दरखास्त दिन सकिने जनाइएको छ।