निषेधित ठाउँमा पार्किङ गर्नुहुन्छ ? आजबाट लाग्छ ह्वील लक

निषेधित ठाउँमा पार्किङ गर्नुहुन्छ ? आजबाट लाग्छ ह्वील लक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न मंगलबारबाट थप कार्य थालेको छ।

निषेधित स्थानमा पार्किङ गरिएका चारपाङ्ग्रे सवारी साधनहरुमा व्हील लक लगाउने कार्यलाई थप व्यवस्थित बनाइएको महाशाखाले जनाएको छ। निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनहरुमा व्हील लक कुन कार्यालय र कसले लगाएको हो, त्यसको विस्तृत विवरण सहितको स्टिकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको छ।

व्हील लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्ने महाशाखाले जनाएको छ।