पत्रकार सिटौलाको निधन

पत्रकार सिटौलाको निधन


काठमाण्डु – झापा–५का उम्मेवार बालेन साहको चुनावी अभियानका क्रममा अचेत भएका अछामका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको आइतबार निधन भएको हो ।

उनको मृत्युको खबरसँगै अस्पताल पुगेका परिवारका सदस्यहरुले पोष्टमार्टम नगर्ने निर्णय गरेका छन् । शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिएको छ । उनी चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष थिए ।

चुनावी अभियानका लागि बालेनसँगै काठमाण्डुबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला एकाएक बेहोस भएका थिए ।

त्यसपछि नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा ग्राण्डी अस्पताल ल्याइएका उनको अवस्थाबारे अस्पतालले कुनै प्रतिक्रिया दिएको थिएन ।

ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो ।