काठमाण्डु – हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।
महाशाखाका अनुसार सोमबार तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ । देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।
मंगलबार सबै हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।




प्रतिक्रिया