८ अर्ब २२ करोडमा खुम्चियो सेयर बजार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

८ अर्ब २२ करोडमा खुम्चियो सेयर बजार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो


काठमाण्डु– सोमबार सेयर बजार झिनो अंकले बढेको छ । यसदिन नेप्से १.५३ अंकले बढेर २६९५मा पुगेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २२ करोडको कारोबार भयो ।

कारोबारमा आएका ११४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो । यस्तै १३ कम्पनीको मूल्य सथिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन आँखुखोला हाइड्रोपावर, एसवाई प्यानल, बन्दिपुर केवलकार, राधि विद्युत, पिपुल्स पावर अगाडि रहे ।

यसदिन एसवाई प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार उर्जा, सान्भी इनर्जी र बन्दिपुर केवलकारको सेयर १० प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै मिथिला लघुबित्त बित्तिय सं्रस्थाको १० प्रतिशतले घट्यो ।

आज विकास बैंक, होटल–पर्यटन, उत्पादन–प्रशोधन, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसुचक ओरालो लागेका छन् ।