काठमाण्डु – परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्तेवलबिच सोमबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा २ पक्षबिच नेपाल र फ्रान्सबीचको दशकौं पुरानो र प्रगाढ सम्बन्धलाई अझ थप उचाइमा पुर्याउने र द्विपक्षीय हितका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा २ देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहयोग तथा आपसी साझा चासोका विषयहरूमा विचार आदानप्रदान गरिएको थियो ।
परराष्ट्रमन्त्री शर्माले नेपालको विकास प्रयासमा फ्रान्सले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे भने राजदूत कोर्तेवलले २ देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन फ्रान्स सधैं प्रतिबद्ध रहेको दोहोर्याएकी छन् ।




प्रतिक्रिया