कांग्रेसले सातै प्रदेशमा खटायो नेताहरू

कांग्रेसले सातै प्रदेशमा खटायो नेताहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा नेता खटाएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले पार्टीको जनमत बुझ्न सातै प्रदेशमा नेताहरु खटाएको हो ।

कांग्रेसले नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन लगाउने छ ।

अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ ।

कोशी प्रदेशमा सहमहामन्त्री डा. डिला संग्रौला, मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादव, बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह, गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतार, कर्णालीमा सहमहामन्त्री कर्णबहादुर बुढासँग समन्वय गरेर केन्द्रीय सदस्य जानकी सिंह र सुदुरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू भरत खड्का र हिम रावलसहितका नेताहरूलाई खटाइएको छ ।

उनीहरुको नेतृत्वमा पुराना र नयाँ नेताहरूसँग समन्वय गरेर वस्तुस्थिति बुझ्ने काम गर्नेछन् ।