डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन् ।

कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।

‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी गिरीसहितको टोली कारागार पुगेको छ ।

घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ।

घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।