ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ

ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ


काठमाण्डु – सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा भिमेश्वर नगरपालिका–९ घर भइ ललितपुर बस्ने २२ वर्षिय सुमन तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका घर भइ ललितपुर बस्ने २२ वर्षिय सुशील स्याङ्तान र सुनसरी धरान उप महानगरपालिकाका १८ वर्षिय विप्लव राईलाई पक्राउ गरेको हो ।

उनीहरूलाई पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।