काठमाण्डु- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनले आजदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दलेलालाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उनी मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए।
सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेलालाई भारत सरकारले नेपालका लागि राजदूत नियुक्त गरेको हो।
नियुक्तिको घोषणा गर्दा भारतीय विदेश मन्त्रालयले उनले छिट्टै नयाँ जिम्मेवारी सम्हाल्ने जनाएको थियो।
दलेला अब नेपालका लागि भारतका राजदूतका रूपमा कार्यरत रहनेछन्। त्यसअघि नेपालमा नवीन श्रीवास्तव भारतीय राजदूतका रुपमा कार्यरत थिए ।



प्रतिक्रिया