काठमाण्डु – भारत सरकारले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको हो ।
सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । मन्त्रालयले उनले छिट्टै नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको जनाएको छ ।


प्रतिक्रिया