काठमाण्डु– सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी)विष्णु प्रसाद भट्टले पाएका छन् ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारीको भूमिकामा रहेका महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि भट्टलाई उक्त जिम्मेवारी दिइएको हो।
भट्टले सशस्त्र प्रहरी बलका गतिविधि, नीति तथा कार्यक्रमबारे सार्वजनिक जानकारी प्रवाह गर्ने जिम्मेवारी सम्हाल्नेछन्।




प्रतिक्रिया