देशभित्र र बाहिरबाट एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको छ : ईश्वर पोखरेल

देशभित्र र बाहिरबाट एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको छ : ईश्वर पोखरेल


काठमाण्डु– नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभित्र र बाहिरबाट एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले भने ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ, हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ ।’

उनले जेनजीले उठाएका माग अनुचित नभएको भन्दै जेनजी आन्दोलन हाइज्याक भइसकेपछि स्थिति षड्यन्त्रतर्फ धकेलिएकाले त्यसपछि के के भयो भन्ने कुरा प्रस्ट भएको बताए ।

यस्तै पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भने ‘हामी घोषणा पत्र तयारीमा छौं । चाँडै नै यो सार्वजनिक हुनेछ । नेकपा एमालेले राष्ट्रियहित, स्वतन्त्रताको, स्वाभिमानको सबाल, राष्ट्रियताको सबाललाई जोड दिन्छ,’ उनले भने, ‘घोषणा केन्द्र आउँदा यी विषय केन्द्रित हुन्छ । सामाजिक सद्भाव कायम गर्ने कुरालाई एमालेले जोड दिन्छ । विकास निर्माणसँग जोडिएका आयोजनामा हामी केन्द्रित हुन चाहन्छौं ।’

यस्तै उनले उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए ।

उनले भने, ‘सामाजिक सद्भाव हाम्रो राष्ट्रिय एकताको आधार हो । यो सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि काम हुन्छ भने एमालेले सहन सक्दैँन् । त्यसको विपक्षमा आफूलाई उभाउने काम गर्छ र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा हामी केन्द्रीत हुने छौ । यो घोषणा पत्रले व्यक्त गर्ने प्रतिबद्धताको रुपमा आउने छ । त्यसपछि विकास निर्माणसँग सम्बन्धित महत्वपूर्ण मुद्धाहरु जुन हिजो नेकपा एमालेको सरकार भएको बेला सुरु गरिएका थिए । ती विषयमा हामी केन्द्रीत हुन चहान्छौ ।’