प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदूतको भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् ।