रुकुमका ३ स्थानमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा

रुकुमका ३ स्थानमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

उक्त शाखारहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको छ।

सोलाबाङ्गस्थित  बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहका बीच शुभारम्भ गरे।

आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।