निर्वाचन आउन २७ दिन बाँकी : घोषणापत्र विनै चुनावी प्रचार

निर्वाचन आउन २७ दिन बाँकी : घोषणापत्र विनै चुनावी प्रचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ । यसको व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।

आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोका आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थाअनुसार फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्यतालिका छ । तर, अहिलेसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा छ ।

राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।