काठमाण्डु – काठमाण्डु महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फुटबलको वास्तविक क्रेज काठमाण्डु बाहिर रहेकाले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाण्डुमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून हुने गरेको र मौसफलमा हुने गोल्डकपहरूमा दर्शकले टिकट समेत नपाउने अवस्था रहेको जनाउँदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत काठमाण्डुमा लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन् ।
राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिति सीमित देखिएको उनको गुनासो छ ।





प्रतिक्रिया