भक्तपुरकी रजना त्वानाबासु चितवनमा सम्मानित

भक्तपुरकी रजना त्वानाबासु चितवनमा सम्मानित


चितवन – भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छन् ।

उनी भरतपुर उपमहानगरपालिका–११ स्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाइ कार्यक्रममा विशिष्ट अतिथि चुडामणि खनालद्वारा १० हजार नगदसहित सम्मानित भएकी हुन् ।

उनले स्नातक कम्प्युटर इन्जिनीयरिङ छैठौं सेमेस्टरमा ४ जीपीए ल्याएर विश्वविद्यालय टपर भएकी थिइन् । त्यसैले उनी सम्मानित भएकी हुन् । त्वानाबासु स्नातक तह कम्प्युटर इन्जिनीयरिङमा पूर्ण छात्रवृतिमा अध्ययनरत गर्दै आएकी छन् । अध्ययनसँगै उनले अन्य विभिन्न विधाहरूमा पनि प्रथम स्थान हासिल गरेकी छन् ।

कलेजका सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले कलेजबाट अध्ययरत विद्यार्थीहरूको भविष्य राम्रो हुने विश्वास व्यक्त गरे । भविष्यमा पनि कुनै सहयोग चाहिएमा हरदम तयार रहेको खनाल बताउँछन् । नयाँ विद्यार्थीलाई इमानदारीपूर्वक अध्ययन गर्न उनले सुझाव दिए ।

कार्यक्रममा स्नातकोत्तर र अन्य विधामा ४ जीपीए ल्याएकालाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षकहरूमध्ये विभागीय प्रमुख ई. निरज बोहरा तथा लाइब्रेरीयन मिरा प्याकुरेलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरूमा उत्कृष्टहरूलाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो ।